६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

भारत निकासी गर्न लागिएको २ किलो सुनसहित हुमानन्द गिरी सशस्त्र प्रहरीको नियन्त्रणमा


१० असार, काठमाडौँ । सशस्त्र प्रहरीले भारतमा चोरी निकासी गर्न खोजिएको १ किलो ९ सय ६५ ग्राम सुनसहित दाङका हुमानन्द गिरीलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको बिओपी बयरघाट रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्का नेतृत्वको टोलीले गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदह बाट बा १२ च ३८२० नं. को मारुती सुजुकी कारमा राखेर भारततर्फ निकास गर्न लागिएको अवस्थामा १ किलो ९ सय ६५ ग्राम सुन बरामद गरेर चालक पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बिओपि बयरघाट रुपन्देहीको टोलीले शनिबार राति साँढे ९ बजे दाङको घोराहि नगरपालिका १० का हुमानन्द गिरीले चलाइरहेको बा १२ च ३८२० नं. को मारुती सुजुकी कारबाट १ किलो ९ सय ६५ ग्राम सुन बरामद गरिएको पुष्टि गरे । उनले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा सुन भेटिएको बताए ।

सशस्त्र प्रहरीले गयराति नै जम्ममा तौल १ किलो ९ सय ६५ ग्राम ३ मिलि ग्राम र बजार मूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ ५४ पैसा रहेको छ र गाडिको १५ लाख रुपैयाँ गरि जम्मा २ करोड ६५ हजार ३ सय ५५ रुपैयाँ ५४ पैसा कायम गरि भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरीले पछिल्लो समय सीमानाकाबाट हुने चोरी पैठारीमा कडाइ गर्दै कारबाही अघि बढाउँदै आएको छ ।

 

प्रकाशित मिति : १० असार २०८०, आईतवार १०:४४