६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नुवाकोटका बालचन्द्र खनाल कोठाबाटै वेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको आग्रह


१० असार, काठमाडौँ । काठमाडौँको बागबजारको रहेको एओसी कलेजमा सिए पढिरहेका नुवाकोटका बालचन्द्र खनाल कोठाबाटै बेपत्ता भएछन । परिवारका सदस्यका लागि तीन पानाको पत्र लेखेर उनी वेपत्ता भएको पारिवारिक श्रोतले जनाएको छ । बालचन्द्र वेपत्ता भएको झण्डै दुई महिना हुन लागेपछि परिवारका सदस्यहरूले सार्वजनिक रूपमै अपिल गर्दै खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन ।

गत वैशाख १५ गते राति परिवारका लागि आफूलाई नखोज्न अनुरोध गरेर पत्र लेखेका बालचन्द्र सम्पर्कबिहीन भएका हुन । उनको पारिवारिक स्रोतका अनुसार बालचन्द्रले समाजको बढ्दो बिकृतिप्रति चरम बितृष्णा व्यक्त गरेका छन । उनले आफू आध्यात्मिक बन्ने भन्दै शान्तसँग बाँच्न चाहेको उल्लेख गरेका छन । साथै बालचन्द्रले खोजी गरेर आफ्ना लागि दुःख नगर्न पनि भनेका छन ।

साथी र आफन्तकोमा खोजी गरिसकेपछि परिवारका सदस्यहरूले सार्वजनिक अपिल गर्दै उनको खोजीमा सहयोग मागेका हुन । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भै काठमाडौँको तारकेश्वर नगरपालिकाको शेषमतिमा भाडामा बस्दै आएका २३ वर्षका बालचन्द्र अन्दाजी ५ फिट र ७ इन्च उचाइको र गहुँगोरो रहेका छन ।

परिवारका सदस्यले बालचन्द्र देख्न जोहीकोहीले परिवारका सदस्यहरू लक्ष्मण खनाल र जयराम अधिकारीको नम्बरमा सम्पर्क गरेर जानकारी दिन सकिने बताएका छन । लक्ष्मण खनालको मोबाइल नम्बर ९८६१६९११८७  र जयराम अधिकारीको मोबाइल नम्बर ९८४०००२५८५ रहेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार १०:१३