६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

एमाले नेता अरुण नेपालले भित्र्याए चाइनिज बुहारी

९ असार, काठमाडाैँ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री अरुण नेपालले चाइनिज चेलीलाई बुहारी बनाएर भित्र्याएका छन । चीनको सेन्जेन निवासी हाइजुङ दिङ तथा जुवानपिङ छाओको छोरी, छोड्वे दिङ ‘फोफो’ सँग नेता नेपालको छोरा शितोष्ण नेपालले बिबाह गरेका हुन ।

असार ८ गते कार्की ब्यङ्क्वेटमा प्रीति भोजको आयोजना गरिएको थियो । एमाले अध्यक्ष केपी ओली लगायत धेरै एमाले नेता-कार्यकर्ताहरु कार्की ब्याङ्केट पुगेर नवदम्पतिलाई बधाई तथा शुभकामना दिएका थिए । शितोष्ण अरुण नेपालको एकमात्र सन्ता हुन् । उनी पेशाले आईटी हुन् । शितोष्ण अमेरिकामै बसोबास गर्छ्न् ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार १३:११