६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

कलाले नेपालको परम्परागत संस्कतिलाई प्रतिबिम्बित गर्छः उपप्रधानमन्त्री श्रेष्ठ

८ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कलाले नेपालको परम्परागत संस्कतिलाई प्रतिबिम्बित गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा ‘कला प्रदर्शनी २०२३ एक भाषा र संस्कृतिको लागि प्रेम’ नामक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कलाले देशको पहिचानलाई विश्वमै सम्प्रेषित गर्ने पनि बताए ।

उनले भने ‘ कला एउटा जीवनको विभिन्न आयामहरुको प्रतिविम्ब हो, यसले हाम्रो परम्परा संस्कृतिलाई प्रतिबिम्बित गर्ने गर्छ । यसले पहिचानलाई पनि आफ्नो समाजमा र विश्वमै सम्प्रेषित गर्ने गर्छ । यसको आफ्नै महत्व छ, जीवनको एउटा अंक हो कला त्यसलाई तपाईहरुले उतारेर जुन प्रदर्शनी गर्नु भएको छ । यो प्रदर्शनले के देखाउँछ भने, तपाईहरुलाई आफ्नो कला र संस्कृतिप्रति धेरै माया भएको देखिन्छ । यो कला प्रदर्शनीले नेपालको कला संस्कृतिलाई चिनाउनुको साथै नेपाल र बंगलादेशको सम्बन्धलाई राम्रो बनाउनको लागि पनि हो । ’

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १८:४८