निगममा कर्मचारी भर्ती गर्नु आमाको रगत खानु जस्तै होः पूर्वमन्त्री भट्टराई
८ असार, काठमाडौं । पूर्व संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले, नेपाल वायु सेवा निगममा अनावश्यक रुपमा कर्मचारी भर्ना गरिएको भन्दै चर्को आक्रोश पोखेका छन्।
प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भागि लिदै सांसद भट्टराईले नेपाल वायु निगममा कर्मचारी भर्ति गर्नु भनेको दुध नआउने आमाको दुख चुस्नु जस्तै हो, रगत खानु जस्तै हो भन्दै आक्रोश पोखेका हुन् ।
उनले भने ‘नेपाल वायु सेवा निगममा कर्मचारी भर्ति गर्नु भनेको आमाको रगत खानु जस्तै हो । म त्यसको निन्दा गर्छु । ’ त्यस्तै निगमलाई पब्लिक कम्पनीको मोडलमा लैजान सरकारलाई सुझाव दिए । नेपाल वायु सेवा निगमबाट ग्राउण्ड ह्याण्डेलिङको खुस्कियो भने निगम टाट पल्टिने भन्दै पूर्व मन्त्री भट्टराईले कर्मचारी कटौतिगर्न सुझाव दिए ।
आफ्नो कार्यकालमा आफूले त्यसका लागि प्रयास गरेको भएपनि सहयोग नपाएको उनको गुनासो छ । अहिलेको नीति कार्यक्रम तथा बजेटले पर्यटन क्षेत्रलाई वेवास्ता गरेको आरोप लगाएका उनले विमानस्थल व्यवसायीक प्रतिफलको आधारमा विस्तार तथा विकास गर्न सुझाव दिए ।
‘नचाहिदो ठाउँमा विमानस्थल बनाउने गरी बजेट विनियोजन गरिएको छ’उनले भने ‘भरतपूर विमानस्थल जोखिमपूर्ण रुपमा रहेको छ त्यसलाई तत्काल स्तरोन्ति गर्न आवश्यक छ । ’
प्रकाशित मिति : June 23, 2023 at 1:14 pm










