६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सरकार डिजिटल नेपाल निर्माणचमा प्रतिवद्ध छः प्रधानमन्त्री प्रचण्ड

८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकाले डिजिटल नेपाल निर्माणका लागि आवश्कय पूर्वाधार विकासमा काम गरिरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, डिजिटल पूर्वाधार विकास मार्फत राज्यको पहुँच नपुगेका दुर्गम क्षेत्रका सर्वसाधारणलाई समेत जीवनस्तर उकास्न आवश्यक पहल गरिएको दाबी गरे ।

‘डिजिटल डिभाइडलाई कम गर्ने र डिजिटल इकोनोमीमा जोड दिने सरकारको अभिप्राय हो । तर पनि नेपालको भौगोलिक अवस्था, श्रोतसाधनको कमी, दक्ष जनशक्तिको अभाव तथा कतिपय नीतिगत कठिनाइले सोचेअनुरुप विकास हुन नसकेको यथार्थ हाम्रासामु छ ।’ उनले भने ‘हाम्रो अपेक्षा र सोच आर्टिफिसियल इन्टेलिजेन्स एआई जस्तै जस्तै द्रूत भए पनि स्रोतसाधन, संरचना र कार्यशैली भने त्यस अनुरुप छैनन् । यसतर्फ विशेष ध्यान दिएर राष्ट्रलाई डिजिटल सक्षमतातर्फ विकास गर्नु जरुरी छ ।’

पछिल्लो समयमा आइसिटीका क्षेत्रमा नेपालभित्रै दक्ष जनशक्ति विकास हुँदै जानु हाम्रो सबल पक्ष रहेको उल्लेख गरेका प्रधानमन्त्रीले सफ्टवेयरका क्षेत्रमा परनिर्भरताको अन्त्य गर्ने सम्भावनाको ढोका खुल्दै गएको दाबी गरे । स्वदेशमा समुचित रोजगारी तथा अवसरको वातावरण नहुँदा आइसिटी क्षेत्रका जनशक्ति पलायन भइरहेको तथ्यप्रति आफू सचेत रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

उनले भने ‘यो अवस्थाको गम्भीरता महसुस गरेर सरकारले बजेटमार्फत २० प्रतिशत महंगो भएपनि स्वदेशी प्रविधि प्रयोग गर्ने नीतिगत व्यवस्था र आविस्कार, स्टार्टअप र इन्नोभेसनका क्षेत्रमा कूल विकास बजेटको १ प्रतिशत विनियोजन गरेका छौँ ।’

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार ११:३६