६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने

८ असार, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । शुक्रवार संघीय संसद भवन नयाँबानेश्वरमा बस्न लागेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्य सूचि निर्धारण भएको संघीय संसद सचिवालयले जानकारी गराएको छ ।

बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल आज पनि जारी रहनुका साथै सांसदहरुले विभिन्न मन्त्रालयले विभिन्न शिर्षकमा गर्दै आएको खर्च कटौति गर्न प्रस्तावहरु पेस गर्नेछन् ।

जारी विज्ञप्ति अनुसार, शुक्रवारको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत एमाले सांसद योगेश कुमार भट्टराई र आमजनता पार्टीका सांसद प्रभु साहले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत शिर्षकको खर्च रकम घटाई एक रुपैँया कायम गर्न प्रस्ताव पेस गर्ने, डाक्टर अमरेश कुमार सिंह,सराज अहमदफारुकी, सुमना श्रेष्ठ,प्रेम सुवाललगायतका सांसदहरुले गृह मन्त्रालयको खर्च कटौति गर्न सदनमा प्रस्ताव पेस गर्ने लगायतका विभिन्न १० वटा कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १०:२८