२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेप्सेमा झिनो सुधारः तीन अर्ब ४४ करोडको कारोबार, ६ कम्पनीको सेयरमा सकरात्मक सर्किट

७ असार, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ ।  नेपाल एक्सचेञ्ज (नेप्से) ४.७५अकंले बढेर २०५५.५३ बिन्दुमा बन्द भएको छ । आज २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कम्पनीकाे ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार चार उपसूचकमा हरियाली आएको छ भने नौ उपसूचकमा राताम्य भएको छ । आज होटल तथा पर्यटन समूहको ८.६५ प्रतिशत, जीवन बीमा समूहको ३.२४ प्रतिशत, जीवन बीमा समूहको २.७७ प्रतिशत र अन्य समूहको ०.७४ प्रतिशतले सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज तारागाँउ रिजेन्सी, ओरिन्टयल होटल्स्, कालिन्चोक दर्शन, बिपिडब्लु लघुवित्त, सिटी होटल र हिमालयन लाइफको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हाे । आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज सोल्टि होटलकाे सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : 15:30