६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता, के बिषयमा भयाे छलफल ?

७ असार, काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा समाजवादी मोर्चा नेपाल घोषणापछिको अवस्था र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव गङ्गा दाहालका अनुसार समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा तथा पार्टी एकताबारे दुई शीर्ष नेताबीच गम्भीर छलफल भएको हो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १२:३०