६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

बैंकिङ्ग प्रणालीमा अधिक तरलता, तरलता सन्तुलन राख्न १० अर्ब तान्दै राष्ट्र बैंक

७ असार, काठमाडाैं । बैङ्किङ प्रणालीमा तरलता (लगानी योग्य रकम) बढ्दै गएपछि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ ।केन्द्रिय बैंकले बिहीबार रिभर्स रिपो जारी गरी १० अर्ब रुपैयाँ तान्न लागेको हो।

अहिले बैंकहरुमा निक्षेप संकलन बढिरहेको छ तर कर्जा लगानी बढ्न सकेको छैन। कर्जा लगानी नबढ्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ। तरलता व्यवस्थापनका गर्न राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो।

राष्ट्र बैंकले जारी गरेको ७ दिने अवधिको यस रिभर्स रिपो असार १४ गते परिपक्व हुनेछ ।  जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ ।

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन बैंक तथा वित्तीय संस्थाहरूले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्ने गर्छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार ११:४८