४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अन्य क्षेत्रको बजेट कटौति गरेर कृषिमा थप्नुपर्छः पूर्व अर्थमन्त्री शर्मा


६ असार, काठमाडौं । पूर्व अर्थमन्त्रि जर्नादन शर्माले अन्य क्षेत्रको बजेट कटौटी गरेर कृषि क्षेत्रमा बजेट थप्न सरकारलाई सुझाव दिएका छन् ।बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै पुर्व अर्थमन्त्री शर्माले अहिले युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न नसक्ने हो भने केही बर्ष पछि नेपालमा कृषक नै नरहने बताए।

उनले भने, ‘कृषि क्षेत्रमा युवाहरुलाई सुनिश्चितता गर्न सकिएन भने १० वर्षपछि कृषि क्षेत्रमा काम गर्ने किसान नै नरहने अवस्था हुन्छ । अन्य क्षेत्रको बजेट कटौति गरेर कृषिमा बजेट थप्नुपर्छ । कृषि क्षेत्रको अन्यौलता र खाद्य सुरक्षाको जोखिम वर्तमान समयमा यो अन्योलग्रस्त अवस्थालाई नचिर्ने हो भने कृषि क्षेत्रले गति लिन सक्ने अवस्था छैन । नेपालमा कुषि अनुदानमा दिएको छ । तर त्यसको दुरुपयोग भएको छ ।’

शर्माले किसानहरुलाई बिउबिजन , औजार तथा वस्तुभाउ किन्नको लागि विना धितो क्रण उपलब्ध गराउन माग गरे । ‘कृषि क्षेत्रका धेरै विषयहरुलाई हामीले समेटेर अगाडि लैजान पर्ने आवश्यकता छ । किसानहरुलाई बिउबिजन, वस्तुभाउ तथा औजार किन्नका लागि समयमा विना धितो उनीहरुले क्रण पाउने व्यवस्था गनुपर्छ ।’ उनले भने,‘यदि हामीले बेलैमा ध्यान दिन सकेनौं भने फेरि किसानहरु मिटरब्याजीमै फस्नेछन् । कृषि क्षेत्रको अन्यौल र खाद्य सुरक्षाको जोखिम वर्तमान समयको यो अन्योलग्रस्त अवस्थालाई नर्चिने हो भने कृषि क्षेत्रले गति लिन सक्ने अवस्था छैन ।’

कृषि क्षेत्रको विकास भएन भने त्यसको दुरगामी असर पर्ने उनको भनाई छ । ‘कृषि क्षेत्र धरासायी भयो भने त्यसको दुष्प्रभाव बहुआयामीक र लामो अवधिसम्म सुधार्न गर्न नसकिने हुन्छ । यसकारण देशले सामाजिक, आर्थिक र राजनैतिक रुपमा ठुलो मुल्य चुकाउन पर्ने हुन्छ । ’ उनले भने ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १७:५०