नेप्से एक कम्पनीको सेयर सूचीकृत, कति छ आपनिङ्ग रेन्ज?
६ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार १ कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ सेयर सूचीकृत भएको हो ।
साविकको यूनियन लाइफ इन्स्यारेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने /गाभिने मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सको नाममा १०० अंकित दरका कुल ८ करोड २ लाख ३ हजार ८३६.०२ कित्ता सेयर सूचीकृत भएको छ। तीनै कम्पनी १ः१ः१ अनुपातमा मर्ज भएका हुन्।
नेप्सेले यो कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि न्युनतम ३४६.५२ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा बिहिबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ । धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी असार ६ गते को निर्णायनुसार कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ ।
प्रकाशित मिति : 16:28









