१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने कर छुट दिने सरकारकाे निर्णय

५ असार, काठमाडौं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नु पर्ने कर छुट दिने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले धुर्मुस सुन्तली फाण्डेसनले तिर्नुपर्ने कर मिनाहा गर्ने निर्णय भएको जानकारी दिइन ।

मन्त्री शर्माले अर्थमन्त्रालयको प्रस्तावमा घुर्मुंस सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमुना वस्ती पुर्ननिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने भन्ने निर्णय भएको बताइन ।

यस्तै सरकारले नेपाल चीन सीमानाको सीमा चिन्ह स्तम्भ संयुक्त रुपमा पुनःस्थापना गर्ने बारेमा नेपालीको टोली गठन गर्ने निर्णय भएको  बताइन । नेपाल चीन सीमानाको तातोपानी झ्ङवो स्थित सीमा चिह्न स्तम्भ ५३१ लाई संयुक्त रुपमा पुनःस्थापनाको लागि नेपाली टोली गठन गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति : June 20, 2023 at 7:03 pm