६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सरकारसँग पैसा छैन् भने सांसदलाई दिएको ५ करोड मलाई चाहिदैनः सांसद सिंह

५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सरकारसँग पैसा छैन् भने सांसदलाई दिएको ५ करोड आफुलाई नचाहिने घोषणा गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा पैसा नभए जापान सरकारसँग ऋण लिन पनि सुझाव दिए । उनले जापान सरकारले ०.५ प्रतिशत ब्याजमा ऋण दिन जानकारी पनि सरकारलाई दिए ।

उनले भने ‘ नेपाल सरकारसँंग पैसा छैन भने म अर्थमन्त्री ज्युलाई भन्न चाहन्छु जापान सरकारसंग अनुदान वा ०.५ प्रतिशत व्याजमा पाउन सक्छ । सरकारसंग पैसा छैन भने हामीलाई दिनुभएको ५ करोड रुपैया हामीलाई चाहिँदैन । आर्थिक मन्दीबाट देशलाई निकाल्नको लागि व्यापार घाटाबाट देशलाई उकास्नको लागि यो प्रोजेक्टमा हामीलाई दिनुभएको ५ करोड रुपैयाँ राप्रपाको तर्फबाट सम्पूर्ण तपाईहरुलाई दिन्छौं । तर यो चाहियो हामीलाई । एमाले र रास्वापाले पनि यसको लागि दिनुहुन्छ भन्ने विस्वास छ । ’

सांसद सिंहले देशमा विद्युतीय सवारी साधन र सुरुङ मार्गको महत्व बढेको बताउँदै पेट्रोलियम पदार्थमा हुने खर्च रोक्न आवश्यक भइसकेको चर्चा गरे । उनले भने ‘ पेट्रोलियम पदार्थमा सरकारको अरवौं रुपैया खर्च भईरहेको छ । यसले लगभग ४० प्रतिशत घटाउछ । तर यसतर्फ सरकारले कुनै ध्यान दिएको छैन् । दुर्घटना र ठूलो जनधनबाट बच्न सक्छ ।

आज मुग्लिनको तल्लो बाटो गएर त्रिशुलीमा खसेपछि न सास फेला पर्छ न लास फेला पर्छ न गाडी फेला पर्छ । यो अवस्थाबाट मुक्ति दिलाउनको लागि यो प्रोजेक्ट नेपाल सरकारले गर्नु पर्ने जरुरी छ । ७ वर्षमा त्यो सुरुङबाट पस्दा खेरि जुन ट्याक्स लिनेछ ७ वर्षमा असुल हुन सक्ने अवस्था पनि छ । सांसद सिंहले यो बजेट पहिलो दिनदेखि नै विवादित रहेको र यसले देशको आर्थिक मन्दीलाई रोक्न मद्धत नगर्ने दावी गरे ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १८:४०