६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति सरकारले २ लाख राहत दिने

५ असार, काठमाडौं । सरकारले बाढी पहिरोबाट मृत्यु भएकाको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ राहत दिने जनाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक जनाको मृत्यु भएको अवस्थामा परिवारलाई २ लाख र परिवारको थप अर्को सदस्यको पनि मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख राहत उपलब्ध दिने बताए ।

उनले भने ‘ विपदपीडित र राहत सम्बन्धि मापदण्ड २०७७ बमोजिम मृतकको परिवारमा एकजनाको मृत्यु भए २ लाख र परिवारको अर्को सदस्यको पनि मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ । गृहमन्त्री श्रेष्ठले घरबास नभएकालाई तत्कालका लागि २० हजार रुपैयाँ उपलब्ध गराएको जानकारी पनि गराए । उनले बाढी पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्यलाई प्राथमिकता दिएको जानकारी पनि सदनलाई गराए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १४:०२