६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

हेलिकप्टर चढेर एमाले प्रवेश गरि फेरि सुटुक्क कांग्रेसमै फर्किएका सुनबहादुर ठगी आरोपमा पक्राउ


५ असार, काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनबहादुर तामाङ ठगी आरोपमा पक्राउ परेका छन । झण्डै चार सय चेलिबेटी दिल्लीको कोठीमा बेचेको आरोप लागेर सुरूवाती अदालतबाट दोषी प्रमाणित भएका सुनबहादुर सर्वोच्चबाट माथिल्लो अदालतबाट सेटिङमा सफाइ पाएर राजनीतिमा फर्किएका थिए ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का संस्थापक वडा अध्यक्ष सुनबहादुर काठमाडौँको माकलबारीबाट पक्राउ परेका हुन । सुनबहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा पक्राउ गरेको हो । सुनबहादुरले जापान पठाउने नाममा एक महिलालाई ठगी गरेका थिए ।

जापान पठाउने भन्दै उनले एक महिलाबाट १२ लाख रुपैयाँ लिएका थिए । जापानमा मासिक १ लाख कमाइ हुने गरी कृषि काममा र पठाइदिने र त्यसका लागि १२ लाख लाग्ने भन्दै सुनबहादुरले पैसा ठगेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले सुनबहादुरलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ ।

५५ वर्षीय सुनबहादुर कांग्रेसले टिकट नदिएपछि हेलिकप्टर चढेर एमाले प्रवेश गरेका थिए । यद्यपी एमालेले उनलाई टिकट दिएन । फेरि उनी सुटुक्क नेपाली कांग्रेसमै फर्किए । अदालतमा सेटिङ मिलाइदएर छुटाउन भूमिका खेलेका कांग्रेसका नेताहरूले पुनः चेलीबेटी बेचबिखनको मुद्दा बल्झाउने चेतावनी दिएपछि सुनबहादुर पुनः कांग्रेसमै फर्किएको उनी निकटकाहरूले बताउने गरेका छन ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १४:१४