१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

बाढीले भत्काएको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलिब्रिज निर्माण सुरु

५ असार, काठमाडौं । गत असार ३ गतेको अविरल बर्षापछि आएको बाढीले क्षति पुर्याएका भौतिक संरचनाको पुर्ननिर्माण शुरु भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुर्ननिर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।

गत असार ३ गतेको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवाखोलाको पुल बगाएको थियो । पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुर्ननिर्माण थालिएको छ । मन्त्री प्रकाश ज्वालाले हेवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुखलगायत मातहतका निकायलाई निर्देशन दिएका थिए ।

सोमबार प्रधानमन्त्रीसहित मन्त्री ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका थिए । प्रभावित क्षेत्रमै पुगेर मन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुर्ननिर्माण थाल्न निर्देशन दिएका थिए । सोमबारदेखि नै काम शुरु भएको आयोजना प्रमुख विदुर पोखरेलले बताए

।‘बेलिब्रिज निर्माणका सामग्रीहरु निर्माण स्थलमा पुगिसकेका छन् ‘पोखरेलले भने ‘केहीदिन भित्रमा बेलिब्रिजको काम सकेर यातायात सञ्चालनमा ल्याउने छौं ।’

प्रकाशित मिति : June 20, 2023 at 11:55 am