६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

उदपुर सिमेन्टका महाप्रबन्धक गोपी न्याैपानेले दिए राजिनामा

४ असार, काठमाडौँ । उदपुर सिमेन्टका महाप्रबन्धक गोपी न्यौपानेले राजिनामा दिएका छन । सरकारले अहसयोग गरेर काम गर्नै नदिएपछि न्यौपानेले सोमबार पदबाट राजिनामा दिएका हुन । रूग्ण अवस्थामा रहेको उद्योगलाई करिब नाफाको बाटोमा डोर्याउने काम गरेका न्यौपानेलाई सरकारले कामै गर्न नदिएपछि उनले राजिनामा दिएका हुन ।

सोमबार न्यौपानेले समाजिक सञ्जालबाट आफ्नो राजिनामाको पुष्टि गरेका छन । उनले सानो टिप्पणी समेत राखेका छन । यस्तो छ न्यौपानेको टिप्पणी ।

आजदेखि #उदयपुरसिमेन्टकोमहाप्रबन्धकबाटविश्राम लिएको सबै मित्रहरूमा जानकारीको लागि अनुरोध । सरकारले बन्द उद्योग संचालन गर्ने नीति सार्वजनिक गरिरहदा चलिरहेको उदयपुर सिमेन्टको लागि १५ करोड दिन सकेन, उत्पादन र उत्पादकत्व बृद्वी गर्ने यिनका गफ मात्रै प्रमाणित भए । उद्योग बन्द गराएर खानीतिर गिद्वे नजर नलगाउन म हार्दिक अनुरोध गर्दछु ।

आम शुभचिन्तक मित्रहरुमा चारैतिरको राजनीतिक घेराउ पछि आज देखि महाप्रबन्धकको जिम्मेवारीबाट विश्राम लिएको जानकारी गराउदछु । मैले भ्रस्टाचार गरिन, मैले भ्रष्टाचार गर्न दिइन, त्यसैले म टिकिन । उल्टो म माथि अनेकन् झुठा आरोपहरुका पुलिन्दा भरेर केही ब्यक्तिहरु मेरो पछि लागिरहे । मलाई आरोप लगाएर योहो टिभीमा मचिनेहरु अदालतको कठघरामा उभिन तयार हुनुहोस् जथाभावी गाली बेइज्जत गर्न पाइदैन ।
यस अवधिमा मलाई सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद दिन चाहान्छु ।

अन्तमा, सुझाव सरकारलाई:
अबको महाप्रबन्धक हामी जस्तै दक्ष, इमान्दार तथा सूसासन कायम गर्नसक्ने पठाउनु हुंदैन सरकार, किनकी उदयपुर सिमेन्ट उद्योगको हावापानी भिन्न छ, मिल्न नसके मेरै हालत बनाउनेछन, चयन गर्ने बेलामा रामेश्वर खनाल, नारायण प्रसाद बिडारी, कृष्णहरि बास्कोटा, चन्द्र घिमिरे जस्ता बिद्वत बर्गलाई जिम्मा नदिनु, मन्त्रीज्यूले चाहेको व्यक्ति चयन हुने छैन । बरु लामोसमयसम्म खेलोमेलोको मेसो पाएका सुन लाई पितल र पितललाई सुन बनाउन सक्ने योग्य कर्मचारीलाई निमित्त दिएर चलाउदा सहज हुने देख्छु । मेरो त सुझाव मात्रै हो, कसैलाई कतै केही मिल्न गए संयोग मात्र हुनेछ । धन्यवाद ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार २१:५७