नेपाल विद्युत प्राधिकरण जनताप्रति जवाफदेही नभएको सांसद साहको आरोप
४ असार, काठमाडौं । आमजनता पार्टीका सांसद प्रभु साहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसद साहले प्राधिकरण आमनागरिकप्रति कमउद्योग व्यवसायीप्रति बढी जवाफदेही भएको जिकिर गरे ।उनले भने ‘ठूलठूला व्यापारिक घरानाहरुलाई सेवा गर्नुहुन्छ । अर्कोतिर गाउँमा मिटर जोड्नुहुन्छ, चेक पनि गर्न जानुहुन्न। समयमा लाइन पनि दिनु पर्दैन । तर दण्ड ठोकी हाल्नुपर्छ। ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन। वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झण्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति–कति लाख भनेर छापेर जनतालाई झुक्याउने? यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने ? के छ भित्री कुरा किताव लेख्नै नहुने?शीर्षक अनुसार गतिविधि सांसदहरुले जान्नै नहुने हो?’
सांसद साहले उर्जा क्षेत्रमा छुट्याइएको ६० अर्ब बजेट कहाँ खर्च गर्ने भन्ने स्पष्टरूपमा उल्लेख नभएको दावी पनि गरे ।
प्रकाशित मिति : June 19, 2023 at 4:59 pm









