नेप्सेमा झिनाे अंककाे गिरावटः कारोबार रकम घट्दा ६ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट
४ असार, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९४अकंले घटेर २०९१.३९ बिन्दुमा बन्द भएको छ । आज २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँको कारोबार भएको छ ।
सोमबार ५ उपसूचकमा हरियाली देखिएको छ । आज विकास बैंक समूहको ३.४९ प्रतिशत, फाइनान्स समूहको ५.२२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.०८ प्रतिशतले सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सोमबार सेन्ट्रल फाइनान्स, लक्षी इक्युटी फण्ड, माउन्टेन इनर्जि नेपाल, बिपिडब्लु लघुवित्त, मेन्छियाम हाइड्रोपावर र सिटी होटलको शेयरमूल्यमा सर्किट लागेको हो । आज सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज पनि शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : 15:21









