६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड तुम्लिङ्टारमा

४ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज संखुवासभाको तुम्लिङटार पुगेका छन् । शनिबार रातिदेखि परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर संखुवासभामा १ जनाको मृत्यु भएको छ भने १८ जनाभन्दा बढी बेपत्ता भएका थिए ।

प्रधानामन्त्री दाहालले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका थिए ।
उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । उनले उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिदैं र अन्य स्वयंसेवी संघसंस्थालाई पनि अपील गरे ।

प्रधानमन्त्री दाहालले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबारविहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताए ।

उनले भने, ‘म अस्ति मात्र मेलम्ची गएको थिएँ, त्यहाँ जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो । यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो ।’

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १४:५१