११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

कृषि बजार व्यवस्थापनको प्रत्याभूति सरकारले लिनुपर्छः सांसद चौधरी


४ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेपाललाई आत्मनिर्भर बनाउने हो भने कृषि बजार व्यवस्थापन र मूल्यको प्रत्याभूति अर्थात ग्यारेन्टी सरकारले लिनुपर्ने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले बजार व्यवस्थापन नहुँदा नहुँदै पनि किसानले उत्पादन गर्न नछोडेको बताए । तर किसानहरु आफ्नो पेशाप्रति हतोत्साहित हुँदै गएको बताए ।

उनले भने ‘ चाहिएको समयमा किसानले मल विउ पाउँदैनन् । तर पनि उत्पादन गरिरहेकै छन्। न बजारको ग्यारेन्टी छ न मूल्यको ग्यारेन्टी छ । तै पनि उत्पादन गरिरहेकै छन्। पछिल्लो समय कालीमाटी सिलगेटमा टमाटर लगायतका तरकारी फ्यालेर किसानहरुले विरोध गरेका छन् । किसानहरु आफ्नो पेशामा हतोत्साहित छन् । यदि नेपाललाइृ आत्मनिर्भर बनाउने हो भने सरकारले कृषि बस्तुको लागि बजारको व्यवस्थापन र मूल्यको ग्यारेन्टी गरोस ।

सांसद चौधरीले सरकारले बजेट मार्फत कृषिलाई प्राथमिकतामा राखेको भएपनि बजार व्यवस्थापन भने गर्न नसकेको बताए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १३:३२