६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सरकारलाई सांसद श्रेष्ठको प्रश्नः हुलाक भवनको सभाहलमा कति खर्च गरिरहका छौं ?

४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले हुलाक भवनको सभाहलमा भएको खर्चलाई कटौती गर्नु पर्ने बताएकी छन् ।
सोमबार खर्च कटौतीको प्रस्ताव प्रस्तुत र निर्धारित विनियोजन शीर्षक माथिको छलफलमा सांसद श्रेष्ठले स्वास्थ्यमा दरबन्दी नभएको भन्दै गुनासो आउने गरेको तर सरकार भने भवनमा खर्च गरिरहेको बताइन ।

उनले भनिन ‘ हुलाकको भवनमा सभाहलमा कति खर्च गरिरहका छौं ? म यो सञ्चारमन्त्रीलाई मात्र हैन् प्रधानमन्त्रीलाई पनि सोध्न चाहन्छु । हामीलाई पटक पटक कल आउँछ स्वस्थ्यमा दरबन्दी किन भएन भनेर ? हामीले भवनमा चाहीँ किन खर्च गरिरहेका छौं । हाम्रो प्राथमिकता के मा ?

उनले अब उप्रान्त बजेटहरु ‘स्पेशिट फरमेट’मा उपलव्ध गराईदिन पनि माग गरेकी छन् । पीडीएफ र ठूलाकितावमा हेर्दा आफुहरुले अंकहरु चिन्न गाह्राे भएको भन्दै अध्ययन अनुशन्धान गर्न असहज भएको उनको भनाइ थियो ।

सासद श्रेष्ठले यो सांसदहरुलाई मात्र नभइ सबै जनता विश्वविद्यालयका विद्यार्थीहरुका लागि पनि ड्राफ्ट मार्फत‘स्पेशिट फरमेट’मा हुनु पर्ने बताइन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १३:१३