६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

रास्वपाद्वारा राजनीति कार्यदिशा मस्यौदा संशोधन गर्न १७ सदस्यीय प्रतिनिधि मण्डल गठन

४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीति कार्यदिशासहितको मस्यौदालाई संशोधन गरेर परिष्कृत गर्नको लागि १७ जना सदस्यको प्रतिनिधि मण्डल बनाएको छ ।

सोमबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले छलफललाई भदौसम्म निरन्तरता दिने निर्णय गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बताएका छन् ।

उनले भने, पार्टीको दस्तावेजको कुरामा हामीले ७ वटा समूहहरु बनाएका थियौ, प्रत्येक समूहबाट २, २ जना गरेर १७ जनाको प्रतिनिधि मण्डल बनाएर, दस्तावेजमाथि आवश्यक छलफल, त्यसलाई संशोधन गरेर परिष्कृत गर्दै जाने । दस्तावेज तयार परेर, नीति कार्यक्रम गरेर छलफल गरेका थियौ । त्यही प्रक्रियालाई भदौको दोस्रो हप्तासम्म दोहोर्याउने त्यसपछि बनाएको दस्तावेज सभापतिलाई बुझाउने र आफ्नो विवेक अनुसार निर्णय गर्नुहुन्छ । ’

दस्तावेजमाथि विमर्श गर्न गत फागुनमै रास्वपाले ७ वटा समूह बनाएको थियो । त्यही समूहमध्येबाट २/२ जना र नीति तथा विचार विभाग प्रमुख मुकुल ढकाल, केन्द्रीय सदस्य रमेश प्रसाईं र प्रशिक्षण विभाग सचिव कमल सुवेदी रहने कार्यदल बनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १३:०५