२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् स्थापनाः अध्यक्षमा कार्की र महासचिवमा महत


३ असार, काठमाडाैँ । प्राध्यापकदेखि कलाकारसम्म एकै फोरममा रहेर काम गर्न मिल्ने गरी सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् स्थापना भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडाैँबाट कानुनी मान्यता प्राप्त गरेको संस्थाको अध्यक्षमा वरिष्ठ लोकगायक बमबहादुर कार्की रहेका छन ।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्को उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, खड्ग बुढा, शिव आले र केशरी घर्ती छन् ।

महासचिव बैकुण्ठ महतले दैनिकीसँग कुरा गर्दै बाहिर चर्चा भएको जस्तो कुनै संस्था फुटाएर वा त्यसको विकल्पमा परिषद् स्थापना भएको नभइ अध्ययन र अनुसन्धानका लागि काम गर्न नयाँ संस्था स्थापना गरिएको जानकारी दिए । उनले संस्थाको सञ्जाल भने देशैभरी हुने बताए । संस्थाको सदस्य हुन निश्चित योग्यताहरू तोकिएको र विभिन्न सांस्कृतिक पक्षमा कलम चलाउनेहरू पनि सदस्य बन्न सक्ने प्रावधान राखिएको जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार २०:५६