बीपी राजमार्ग पुननिर्माणको लागि जापान सरकारले करिव १० अर्ब रुपैयाँ दिने
६ कात्तिक, काठमाडाैँ । बीपी राजमार्ग पुननिर्माणको लागि जापान सरकारले करिव १० अर्ब रुपैयाँ दिने भएको छ । जापान सरकारले नै निर्माण गरिदिएको उक्त राजमार्गको केही भाग २०७२ सालको भुकम्पले जीर्ण बनेको थियो ।
जापान सरकारले उपलब्ध गराउने उक्त रकम अर्थमन्त्रायले स्वीकार गर्ने निर्णय गरेको छ। उक्त सहयोग सम्झौता पत्रमा आगामी बिहिबार अर्थात कात्तिक ८ गते बिहान हस्ताक्षर गर्ने तयारी भएको छ । सम्झाैता कार्यक्रममा जापान सरकारको प्रतिनिधि र अर्थमन्त्रालयका अधिकारी सहभागी हुनेछन ।
प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलवार ०९:४९