२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

युनिग्लोब कलेजमा १२ औँ व्यापार मेला सम्पन्न

१ असार, काठमाडाैं । नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परिसरमा १२ औँ व्यापार मेला आज असार १ गते सम्मपन्न भएको छ। गत जेठ २९ गते सुरु भएको मेलामा २५ भन्दा धेरै स्टल राखिएका थिए । ती स्टलमा खानेकुरासहित बजारमा उत्पादन भएका सामान राखिएका थिए ।

यो मेलाका लागि कलेजले विद्यार्थीलाई आर्थिक ऋण उपलब्ध गराउँछ र सो ऋणबाट नै विद्यार्थीहरुले आफ्नो व्यापार सुरु गर्दछन् । यस कार्यक्रमबाट विद्यार्थीले आफ्नो उद्यामी क्षमता विकास गर्नुको साथसाथै उनीहरुलाई व्यापारको वास्तविक महत्व सिकाउने मुख्य लक्ष्य लिएको छ।

यसैगरी यो कार्यक्रमबाट विद्यार्थीले व्यवसायका लागि चाहिने बिजनेस प्रपोजल कसरी बनाउने, ऋण कसरी लिनेदेखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्किङका बारेमा विस्तिृत रुपमा बुझ्ने अवसर पाएका छन्। यहाँ सिकेका कुरा आफ्नो व्यापार–व्यवसायमा समेत लगाउने र कतिपय विद्यार्थीले त यो बिजनेस आइडियालाई नै अगाडि बढाउने लक्ष्य लिएका छन्।

कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो। मेलाको ५ हजारजनाले अवलोकन गरेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : 16:32