६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

पशुपति गुठी र विश्व विद्यालयका सम्पत्तिको मनपरि प्रयोग बढ्योः सांसद केसी

१ जेठ, काठमाडौं । नेपाली कांँग्रेसका सांसद अर्जुन नरसिंह केसीले पशुपति गुठीको अरबौं रकम मनपरि ढंगले प्रयोग भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सहभागी हुँदै सांसद केसीले विश्वविद्यालयका धेरै सम्पत्तिहरुको गतल प्रयोग भएको बताए ।

उनले भने ‘ पशुपति गुठीको अरवौंको सम्पत्ति मनपरि ढंगले प्रयोग भएको छ । दाङ संस्कृतिक विश्वविद्यालय र चितवनको कृषि क्याम्पस लगायतका धेरै सम्पत्तिहरु सहि ढंगले प्रयोगले हुन सकेको छैन्। यसमा सरकार र मन्त्रालयले् ध्यान दिन आवश्यक छ । सबै भन्दा ठूलो कुरा भूउपयोगी नीति निर्माण भयो तर कार्यन्वयन भने भएन । त्यसैले समग्र राष्ट्र नै मरुभूमिकरण तर्फ लागेको छ । र मालपोत कार्यलय भ्रष्टाचारको अर्को अखडा बनेको छ । सरकारको त्यस तर्फ ध्यान जाओस । ’

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १५:२७