३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई मातृशोक

१ असार, काठमाडाैं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा कपनस्थित निवासमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दिवङ्गत थपलियाको अहिले ११ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । उनका चार छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति : June 16, 2023 at 10:42 am