५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

बढ्यो डलरको मूल्य, आज कुन देशकाे कति छ विदेशी मुद्राको विनिमय दर ?

१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।आज बेलायती पाउण्ड तथा युरो मूल्य बढेको छ ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०२ पैसा र बिक्री दर १६६ रुपैयाँ ७८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६७ पैसा रहेको छ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ१९ पैसा र बिक्री दर १३१ रुपैयाँ ७९ पैसा पुगेको छ।कतारी रियालकोमूल्यएकको खरिद दर ३५ रुपैयाँ ९९पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको छ।

त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार ०९:०७