६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

वानएक्स बेट कारोबारकाे आरोपमा पक्राउ परेका कलाकारलाई ४ दिन हिरासतमा राख्न अनुमति


३२ जेठ, काठमाडौं । काठमाडौं जिल्ला अदालतले अनलाइन बेटिङको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार उनीहरुलाई अदालतमा उपस्थित गराएर ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ गरेको हो ।

यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १८:२१