६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

पहिरोमा पुरिएर नुवाकोटकाे बेलकोटगढीमा १ जनाकाे मृत्यु

३२ जेठ, नुवाकोट । नुवाकाेटकाे बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ । बिहीबार सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बेलकोटगढी-१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै मृत्यु गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएकाे छ ।

तामाङकाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा पठाइएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा दिइने प्रहरीले जनाएकाे ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १८:०६