सेयर बजारमा झिनो अंकको वृद्धि, तीन अर्ब ६२ करोडको कारोबार
३२ जेठ, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अकंले बढेर २०४२.०७ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन अभियान नेपाल लघुवित्त वित्तीय संस्था र सिटी होटल लिमिटेडको सेयर मूल्यमा उच्च वृद्धि भएको हाे । आज सबैभन्दा बढी भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज शिवम् सिमेन्ट्सको सर्वाधिक खरिदबिक्रि भएको छ।
प्रकाशित मिति : 15:23









