६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

नागरिकलाई सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिनुपर्छः सांसद केसी

३२ जेठ, काठमाडाैं । सांसद अर्जुननरसिंह केसीले निरपेक्ष गरिबीको रेखामुनि रहेका, सीमान्तकृत, अपहेलित नेपालीको सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिन नसक्दासम्म राष्ट्रिय विकासले गति लिन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले महिला शोषण र हिंसालगायत घटनाबाट पीडित हुँदै आएकाले कानुन कडाइका साथ कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराए । “समाज परिवर्तन गर्न नयाँ ढङ्गको चेतनाको आन्दोलनको जरुरी छ”, उनले भने ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १४:५७