६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

वन्यजन्तुको डरले मानिस विस्थापित हुँदा बाँझो जमिन बढ्दैः सांसद आचार्य

३२ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्यले बजेट परम्परागत ढङ्गले उपलब्धिहीन र औचित्य पुष्टि विना आएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभामा बोल्दै उनले परम्परागत तरिकाले देश विकास सम्भव नभएको भन्दै नयाँ सम्भावनाको अनुसन्धान गरेर काम गर्नुपर्ने बताए । उनले आलोचित र टिप्पणी हुने कुरामा सरकारको ध्यान नगएको भन्दै ध्यानाकर्षण पनि गराएका छन् ।

उनले भने, हामीले परम्परागत ढङ्गले उपलब्धिहीन र औचित्य पुष्टि नभएका कुराहरुलाई अन्त्य गरेर नयाँ सम्भावनाको अनुसन्धान गरेर काम गर्नुपर्ने छ । कामहरु परम्परागत ढङ्गले पहिला वर्ष नि त्यही अहिले पनि त्यही भएको छ । यस्तो तरिकाले हामी अगाडि बढ्न सक्दैनौ । तर सरकारले आवश्यक कानूनहरु समयसापेक्ष कानून बनाउने तर्फ ध्यान पुगेको छैन् ।विभिन्न, आलोचित हुनुपर्ने कुरामा, टिप्पणी हुने कुरामा जुन ध्यान दिनुपर्ने हो त्यसतर्फ ध्यान दिएको छैन् । यस तर्फ ध्यान जान जरुरी छ । ’

सांसद आचार्यले वन्यजन्तुका डरले मानिसहरु विस्थापित भएर कृषि उपज जमिनहरुमा बाँझो रहनु परेको उल्लेख गर्दै छिटोभन्दा छिटो समस्याको समाधान गर्न सरकारलाई आग्रह पनि गरेका छन् । उनले भने, वन्यजन्तुका कारणले मानिसहरु विस्थापित भएर हाम्रो धेरै कृषि उपज जमिनहरुमा काम नभएको अवस्था छ । महामारी जस्तो समयमा तत्कालै कानून निमार्ण गर्न सक्छौ भने, यस्तो अप्ठेरोमा परेको क्षेत्रलाई सम्बोधन गर्न तत्कालै कानून निमार्ण गर्न सक्दैनौ । त्यो तर्फ हाम्रो ध्यान गएको छैन् । त्यो तर्फ बजेटले प्राथमिकता पाउँदै पाउँदैन् । हामी २७५ सदस्य र राष्ट्रिय सभा लगायतलाई कानूनको निमार्ण गर्न २४ घण्टा खटाएपनि तयार छौ । ’

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार १४:०१