१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

कहिलेसम्म कायम सेयरधनीले भर्न पाउछन् नेसनल हाइड्रोपावरको हकप्रद सेयर ?

३२ जेठ, काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज जेठ ३२ गते बिहीबार अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ भोलि असार १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

गत जेठ २२ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)ले  कम्पनीलाई चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले चुक्तापुँजीको ५० प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ४५ हजार ९७२ रुपैयाँबराबरको १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७२ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

प्रकाशित मिति : June 15, 2023 at 10:34 am