१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

छुट्ला है ! सर्वसाधारणले १० लाख कित्तासम्म भर्न पाउने आईपीओ बिक्री खुला

३२ जेठ, काठमाडाैं । घोराही सिमेन्ट इन्डस्ट्रीले आज जेठ ३२ गते बिहीबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँड गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि बाँडफाँड गरी बाँकी भएको सबै सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गर्नेछ।

कम्पनीकाे आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि छिटोमा असार ४ गते र ढिलोमा असार १४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : June 15, 2023 at 9:44 am