६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

स्वास्थ्य क्षेत्रको दरबन्दि बढाउने योजनासरकारको निति तथा कार्यक्रममा परेन्ः ताषिमा कार्की

३१ जेठ, काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टीकी सांसद ताषिमा कार्कीले स्वास्थ्य क्षेत्रको दरबन्दि बढाउने योजना अहिलेको सरकारको निति कार्यक्रममा नपारेको बताएकी छन् ।

बुधवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले अर्थतन्त्र खसिएको अवस्थामा भवन निमार्णतिर हैन जनशक्ति निमार्ण तर्फ ध्यान दिनु पर्ने बताएकी छन् ।

‘मन्त्रालयसंग मुस्किलले १२ सय देखि १४ सय मात्र डाक्टरहरु हुनुहुन्छ । सरकारी स्वास्थ्य संस्थाहरु १० हजार भन्दा माथि छ तर १२ सय मात्र डाक्टरहरु छन् । तर पनि दरबन्दि बढाउने योजना अहिलेको सरकारको निति कार्यक्रममा पनि परेन । यो बजेट विनियोजन भएर आएको कार्यक्रममा पनि परेन । हामीले हरेक आधारभुत पालिकामा एउटा आधारभुत अस्पताल बनाउछौं । ५, १०, १५ विधेक गरेर अस्पताल बनाउछौं भने पछि त्यो अस्पताल चलाउने चाहीँ कसले ? अस्पताल चलाउने जनशक्ति नै निमार्ण गदैनौं भने अस्पताल नबनाउ ? बनिसकेका अस्पताल, स्वास्थ्य चौकीहरु, आधारभुत स्वास्थ्य केन्द्रहरु छन् । त्यसमा जनशक्ति थपौं । यस पल्ट अर्थतन्त्र खसिएको अवस्थामा हामीले भवन निमार्णतिर हैन जनशक्ति निमार्ण र जनशक्तिलाई हामीले देशभित्रै कसरी अटाएर राखन सक्छौं तेतातिर चाहीँ हाम्रो फोकस हुनुपर्छ ।’

उनले हामीले हरेक आधारभुत पालिकामा ५, १०, १५ विधेक गरेर एउटा आधारभुत अस्पताल बनाउछौं तर त्यो अस्पताल चलाउने चाहीँ कसले ? अस्पताल चलाउने जनशक्ति नै निमार्ण गदैनौं भने अस्पताल नबनाउन आग्रह समेत गरिन । अहिले दक्षीण एसियामा सबै भन्दा धेरै आत्मा हत्या हुने देशमा नेपाल पहिलो नम्बरमा रहेको भन्दै यसलाई विशेष प्राथमिकता दिएर छुट्टै शिर्षकका साथ अगाडि बढ्नु पर्ने उनको भनाई छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १७:३२