१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

इप्पानमा मल्ल समूहको उम्मेदवारी नै अबैध, चुनाव भए कार्की समूहले ८० प्रतिशत मत पाउने

३१ जेठ, काठमाडाैँ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) प्यानलसहित उम्मेदवारी दिएका किरण मल्ल समूहको उम्मेदवारी नै बिधान विपरित रहेको पाइएको छ । मल्ल समूहको उम्मेदवारी बिधान र निर्वाचन निर्देशिका विपरित भएपछि इप्पानमा केही विवाद देखिएको छ । मल्ल समूहबाट उम्मेदवारी दिएका ६ जनाको योग्यतै नपुगेपछि दाबी बिरोधको उजुरी समेत परेको छ ।

इप्पानको प्रमुख निर्वाचन अधिकृत चिरञ्जिवि खतिवडाका अनुसार ६ जनाको विरूद्धमा ९ वटा उजुरी परेको छ । सबै उजुरीका विषयमा अध्ययन भैरहेको र बाँकी निर्णय बिधान र निर्वाचन निर्देशिका अनुसार हुने खतिवडाले बताए ।

अध्यक्षका प्रत्यासी किरण मल्लका बिरुद्ध अध्यक्षका अर्का प्रत्यासी गणेश कार्कीले दाबी बिरोध दर्ता गरेका हुन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षका उम्मेदवार सूर्य प्रसाद अधिकारीका बिरुद्ध वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी मोहन कुमार डाँगीले दाबी बिरोध दर्ता गरेका हुन् । उपाध्यक्षका प्रत्यासीहरु विरेन्द्र मल्ल र दिपेन्द्र बहादुर बमका बिरुद्ध उपाध्यक्षका प्रत्यासीहरु भरत बहादुर खत्री, उत्तम भ्लोन, राम प्रसाद आचार्य, लगायतका उपाध्यक्षका प्रत्यासीहरुले दाबी बिरोध दर्ता गराएका हुन् ।

त्यसैगरी महासचिवका प्रत्यासी विनोद देवकोटा बिरुद्ध महासचिवका अर्का प्रत्यासी बलराम खतिवडाले दाबी बिरोध दर्ता गरेका हुन् भने सचिवका प्रत्यासी नारायण कँडेलका बिरुद्ध सचिव पदकै अन्य प्रत्यासीहरुले दाबी बिरोध दर्ता गरेका हुन् । सबै दाबी बिरोधका सम्बन्धमा विधान तथा अन्य व्यवस्था अनुसार दाबी पुग्ने वा नपुग्ने सम्बन्धमा समितिले छानबिन गरिरहेको प्रमुख निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए ।

तस्बिरमा कार्यकारिणी समितिको सदस्यमा उम्मेदवार दिएका टेकनाथ आचार्य, विजयमोहन भट्टराई, भरत प्रसाद पराजुली, कुवेरमणी नेपाल, मिथुन चक्रवर्ती प्रसाद पौडेल, शंकर बस्याल, उत्तर कुमार श्रेष्ठ ।

इप्पानको सदस्यमा ७ पदका लागि १४ जनाको मनोनयन दर्ता भएको समितिले जनाएको छ । जसमा  टेकनाथ आचार्य, विजयमोहन भट्टराई, भरत प्रसाद पराजुली, कुवेरमणी नेपाल, मिथुन चक्रवर्ती प्रसाद पौडेल, शंकर बस्याल, उत्तर कुमार श्रेष्ठ, ग्रीष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, तारा बहादुर इस्वो, कदम केसी, सिताराम तिमिल्सिना र विकास कुमार श्रेष्ठले मनोनयन दर्ता गराएका हुन् ।

यो मध्ये भरतप्रसाद पराजुली, टेकनाथ आचार्य, विजयमोहन भट्टराई, कुवेरमणी नेपाल, मिथुन चक्रवर्ती प्रसाद पौडेल, शंकर बस्याल, उत्तर कुमार श्रेष्ठ गणेश कार्की प्यानलका उम्मेदवार हुन ।

कार्की प्यानलले निर्वाचन भएर ४५१ मत नै खसे पनि ३५० मत ल्याउने दाबी गरेको छ । कार्की समूहका कार्यकारी सदस्यका उम्मेदवार भरतप्रसाद पराजुलीले अन्य उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न अनुरोध गरेको बताए । उनले इप्पानकाे कार्यकारी समितिमा जानका लागि चारवटा गेट रहेको बताए । उनले इपानको सदस्य भएको ब्यक्तिले मात्र इप्पानको कार्यसमितीमा उम्मेदवारी दर्ता गर्न पाउने बताए । उनले कार्यसमिति सदस्यबाट प्रवेश गरेका व्यक्तिलेमात्र पदाधिकारीको महत्वपूर्ण पदमा उम्मेदवारी दिन पाउने बताए । उनका अनुसार एक कार्यकाल सदस्य नभएको व्यक्ति इप्पानको पदाधिकारीमा उम्मेदवार हुनै अयोग्य हुन्छ ।

पराजुलीले अहिले इप्पान जस्तो संस्थालाई सहमतिका साथ अघि बढाउनुपर्ने अवस्था रहेको बताए । उनले उर्जा क्षेत्रको यावत समस्या समाधानका लागि कम्तिमा व्यवसायीहरू फुटेर भन्दा जुटेर लाग्नुपर्ने भएकाले अन्यलाई उम्मेदवारी फिर्ता लिन अनुरोध गरे । ४५१ मतदाता रहेको इप्पानमा ३५० भन्दा बढी मतदाता कार्की समूहमा देखिएका छन । जेठ ३४ गते हायात होटलमा हुने इप्पानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको इप्पान सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : June 14, 2023 at 4:48 pm