३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने कुरामा चलखेल भयोः मन्त्री बस्नेत

३१ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले आफूले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने प्रस्तावमा चलखेल भएको आरोप लगाएका छन् ।

बुधवार काठमाडौंमा आयोजित रत्तदान दिवस विषेश कार्यक्रममा उनले स्वास्थ्य बीमाको अवस्था राम्रो नभएको र सुर्तीजन्य पदार्थबाट आएको करले विपन्न व्यवारिसे तथा गरिवलाई सहयोग गर्ने उद्देश्य लिएको बताए ।

‘स्वास्थ्य विमा अहिले अलपत्र अवस्थामा रहेको छ । हामी भन्ने बेलामा जनताको निशुल्क उपचार भन्छौं तर गरिव व्यक्ति तथा विरामीहरु हस्पिटलको शैया बाट उपचार गर्न नसकेर घरमै बस्न पर्ने अवस्था आएको छ ।’ उनले भने ‘सुर्तिन्य पदार्थमा कर बढायर त्यसबाट उठाएको अर्व औं रुपैया पैसा विपन्न व्यवारिसे गरिवलाई सहयोग गर्ने भनेर कार्य योजना ल्याएको तर यसमा विभिन्न खालको चलखेल भएको कारणले गर्दा हुनु पर्ने जति वृद्धि भएको छैन् ।’

उनले शिक्षा र स्वास्थ्यको लागि सरकार प्रतिवद्ध रहेको बताए । यो क्षेत्रमा व्यथिती र विसंगती पनि भएसंगै त्यसको समाधान गर्न आफूहरु लागि परेको उनको भनाई छ ।

प्रकाशित मिति : June 14, 2023 at 12:48 pm