सेयर बजारमा बढ्दाे आकर्षणः डिम्याट खाता खोल्नेको संख्या ५७ लाख नाघ्यो, मेरो सेयर प्रयोगकर्ता कति ?
३१ जेठ, काठमाडाैं । पछिल्लो समय सेयर बजारप्रति लगानीकर्ताकाे आकर्षक बढ्दै गएको हाे। आईपीओबाट राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो । सेयर बजारप्रति आकर्षक बढेसँगै यस क्षेत्रमा प्रवेश गर्ने लगानीकर्ताकाे संख्यामा पनि दिनप्रतिदिन बढ्दै गहिरहेको छ।
डिम्याट खाता नखाेलिकन कुनै पनि कम्पनीले जारी गर्ने साधारण सेयर आईपीओ र दोस्रो बजारमा आवेदन दिन सकिने छैन् । त्यसैले पछिल्लाे समय डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएकाे छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५७ लाख १ हजार ८४२ पुगेको छ। यस अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या ४७ लाख ७६ हजार ८४२ पुगेको छ।
पछिल्लो ४ महिनाको अवधिमा करिब पौने २ लाख डिम्याट खाता थपिएका हुन् । गत माघ १५ गतेसम्म डिम्याट खाताको संख्या ५५ लाख २४ हजार ५७ रहेको थियो ।
डिम्याट खाता खाेल्नेकाे संख्या बढेपनि याे अवधिमा १५ देखि १७ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको सीडीएससीले जनाएको छ। कतिपय सेयर लगानीकर्ताले साधारण सेयर ( आईपीओ) भर्नकाे लागि मात्रै डिम्याट खाता खाेलेका हुन्छन् । तर पछिल्लाे समय आईपीओ नपर्ने गरेपछि ति लगानीकर्ताले भर्न छाड्दा पनि कतिपय खाता हाल निष्क्रिय अवस्थामा रहेकाे देखिन्छ।
प्रकाशित मिति : 10:40









