६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

राष्ट्रपति रामचन्द्र पाैडेल २४ घण्टापछि अस्पतालबाट शितल निवास फर्किए

३१ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गरी करिब २४ घण्टापछि निवास फर्किएका छन । मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा भर्ना भएका पौडेल बुधबार बिहान ८ बजे डिस्चार्ज भएका हुन ।

अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण गरेर २४० घण्टा अब्जरभेसनमा राखिएको थियो । राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको डा अधिकारीले बताएका छन । अस्पतालले विश्वास गरेर उपचारका लागि पुगेकोमा राष्ट्रपतिलाई धन्यवाद पनि दिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार ०९:२०