२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

रावा इनर्जीको आईपीओ बाँडफाँडः ७ जनाले पाए ११ कित्ता, यसरी हेर्नुस् नतिजा

३० जेठ, काठमाडाैं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडकाे आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज मंगलबार  बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडकाे कार्यालय कमलादी, काठमाडाैँमाबाँडफाँड भएको हो ।

कम्पनीकाे आईपीओमा कुल ११ लाख ८५ हजार २ सय ६ जना आवेदकबाट १ करोड २९ लाख ८६ हजार ३९० कित्ता सेयर माग भएको थियो। जसमध्ये १ लाख ७ हजार ४ सय ४६ जनाको आवेदन रद्द भएको छ । १० लाख ७७ हजार ७ सय ४० जनाको आवेदन मात्र योग्य भएको छ ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे। गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ६४ हजार ३ सय ६६ जनाले १० कित्ता दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये ७ जनाले थप १–१ कित्ता सेयर पाएका छन्।

कम्पनीकाे आईपीओकाे नतिजा केहीबेरमा प्रकाशन हुनेछ ।  प्रकाशन भएपछि बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट  meroshare.cdsc.com.np/#/login सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/बाट  हेर्न सकिने छ ।

प्रकाशित मिति : 16:58