५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

३० जेठ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन साेमबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। साेमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार ११:००