६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

मलेशियाबाट आएको नेपाल एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

३० जेठ, काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि पहिलो पटक नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ ।

मंगलबार बिहान पौने ९ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा अवतरण भएको हो ।

योसंगै मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान सुरु भएको हो । यो नेपाली वायु सेवाको पहिलो व्यावसायीक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किराँतीले विमानस्थलमा स्वागत समेत गरेका छन् ।

उक्त विमानमा मलेशियामा रोजगारी गरेर घर फर्कन आगेका नेपालीहरुका साथै मलेसियाका केही पर्यटन व्यवसायीहरु पनि नेपाल आएका छन् । मलेसियाबाट भैरहवा आइपुग्न लाग्ने उडान समय करिव ४ घण्टा ४५ मिनेट र न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान गर्न २५ मिनेटको समय लाग्ने छ । अन्तराष्ट्रिय उडान सुरुआतको पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा उडान गर्ने बताईएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १०:४१