सेयर बजारमा सामान्य अंकको वृद्धि, पाँच कम्पनीको सेयरमा सर्किट
२९ जेठ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा सामान्य सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७९ अकंले बढेर १९८७.८७ बिन्दुमा बन्द भएको छ । आज २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको कारोबार भएको छ ।
आज पाँच कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । अभियान लघुवित्त, कालिन्चोक दर्शन लिमिटेड, भुगोल इनर्जी डेभलपमेन्ट, सिटी होटल र चन्द्रगिरी हिल्स लिमिटेडको सेयरमा सर्किट लागेको छ । आज प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज सोल्टी होटल लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १५:२२












