५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

सुनको मूल्यमा गिरावट, कति पुग्याे ताेलाकाे ?

२९ जेठ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन आइतबार सुनको मूल्य स्थिर रहेदै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १०:५६