२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

रावा इनर्जीको आईपीओ बाँडफाँडको मिति तय, सेयर पाउने भाग्यमानी कति ?

२९ जेठ, काठमाडाैं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ जेठ ३० गते मंगलबार बाँडफाँड गरिने भएको छ। कम्पनीले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ मंगलबार दिउँसो ४ बजे आफ्नै कार्यालयमा बाँडफाँड हुने बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएकाे छ ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म ११ लाख ६५ हजार ५२६ आवेदकले १ करोड २७ लाख ६१ हजार ४८० कित्ता सेयरका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १९.८२ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १/१ कित्ता सेयर पाउनेछन्।

कम्पनीले स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको थियो । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणका लागि खुला गरेको थियो ।

प्रकाशित मिति : 09:50