२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

लोकल सानो गोलभेँडा प्रतिकेजी ८ रुपैयाँ, अन्य फलफूल तथा तरकारीको मूल्य कति ?


२९ जेठ, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(सोमवार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज नेपाली ठूलो गोलभेँडा ५०, भारतीय गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ८ रुपैयाँ,रातो आलु ३८ रुपैयाँ, स्थानीय काउली ५०रुपैयाँ, कागती १६० रुपैयाँ,लोकलबन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ५०,मकै बोडी ४०,लोकल घिउ सिमी लोकल ४०, राजमा सिमी ८०,भटमासकोशा १२०,मटरकोशा १८०,तितो करेला ३०,लौका ६०,परवल लोकल ७०,पाकेको फर्सी ३०,डल्लो फर्सी हरियो ४०, घिरौंला ४०,भिण्डी ४०, स्कूस ४०, कन्यच्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०,ब्रोकाउली ७०,तोफु ११०,लोकल काँक्रो ८०रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग १००,पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग ४० हरियो लसुन ६०, हरियो प्याज ५०, रायो साग ४०, धनियाँ २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, तरबुजा हरियो ४०,दसहरी आँप ७०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १२०,फूजी स्याउ २८०,आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल १२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार ०९:३२