२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मन्दिरको नाममा वन सखाप, प्रश्न गर्ने नागरिकलाई गाउँपालिका अध्यक्षले दिए पागलको उपमा

२८ जेठ, नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिकाम मन्दिर निर्माणको बहाना गरेर वनै सखाप पारिएको छ । मन्दिर उपभोक्ता समितिको नाममा सूर्यगढी गाउँपालिका वडा नम्बर ४ मा उपभोक्ता समितिले वन सखाप बनाएको हो । गाउँपालिकाको संरक्षणमा उपभोक्ता समितिले वन फँडानी गरेपछि स्थानीय भने अाक्रोशित भएका छन । डिभिजन वन कार्यलयले वन फँडानी रोक्न निर्देशन दिए पनि गाउँपालिकाको ग्रिन सिग्नल पाएको समितिले अटेरी गरेको छ ।

नागरिकले वन फँडानीका विषयमा गाउँपालिकालाई प्रश्न गर्दा गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले भने पागलको उपमा दिएका छन । स्थानीय सरोज भट्टराईले वन फँडानीको विरोध गर्दै पालिकाको ध्यानाकर्षण गराउँदै लेखेको टिप्पणीमा प्रतिक्रिया जनाउँदै गाउँपालिका अध्यक्ष घलेले पागलको उपमा दिएका हुन । भ्रष्टाचारको दललमा फसेको गाउँपालिकाको नेतृत्व पछिल्लो समय निरंकुश देखिएको छ ।

गाउँपालिका अध्यक्ष घलेको अमर्यादित टिप्पणी यही पहिलो भने होइन । उनले यसअघि पनि गैर जिम्मेवार अभिव्यक्ति दिने सोही अनुसारको व्यवहार देखाउने गरेका थिए । तामाङले सरोजको प्रश्नमा प्रतिक्रिया दिँदै भनेका छन ‘सरोज भट्टराई जथाभावी नबोल्त। गाउँपालिकाको कसरी मिलेमतो हुन्छ? कसले काट्यो, किन काट्यो सम्बन्धित निकायलाई कुरा गर्नू। वनक्षेत्र गाउँपालिकाअन्तर्गत पर्दैन भन्ने तँ पागललाई थाहा छैन?’

प्रकाशित मिति : June 11, 2023 at 8:01 pm